नवसाथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका सल्लाहकार ई. शारदा मोहन काफ्ले प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदन पारित गरेको थियो । सो कार्यक्रममा शेयर सदस्य एवं सल्लाहकारहरु रामचन्द्र पोख्रेल, कालिदास पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको शेयर सदस्यहरुको तर्फबात शेयर सदस्य कृष्ण श्री पौडेलले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा वर्ष भरी संस्थामा उत्कृष्ट आर्थिक कारोबार गर्ने शेयर सदस्यद्वय सुजन भण्डारी र राम ढकाललाई सम्मान गरिएको थियो।
साधारण सभा सकिसकेपछि विभिन्न मनोरञ्जनका कार्यक्रममा उत्कृष्ट भएका नानी वावु एवम् शेयर सदस्यहरुलाई पुरस्कार वितरण गरी समापन गरियो ।
पोखरा लेखनाथ–२३, दिपाङ्ग तालमा भएको उक्त कार्यक्रम सहकारीका अध्यक्ष अर्जुन बहादुर थापाको सभापतित्वमा भएको थियो। भने सहकारीका सह प्रबन्धक लक्ष्मी अर्यालले स्वागत मन्तव्य राखेका थिए। संस्थाका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक कृष्ण प्रसाद लामिछाने कार्यक्रम संचालन गरेका थिए।