नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको पहिलो अधिवेशनमा देउवा गुटका मेखलाल श्रेष्ठ उपसभापतिमा निर्वाचित भएका छन्।
रामचन्द्र र कोइराला गुटबाट विजेता बनेका सभापति शुक्रराज शर्माको अधिकांश प्यानलनै विजेता बन्दै गर्दा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री श्रेष्ठले अत्याधिक मतका साथ विजयी बनेका हुन्।
राजनैतिक काम र सामाजिक सेवा भनेको प्रचार मुखी भन्दा व्यवहारमुखी हुनुपर्ने भन्दै आफ्नो काममा बढी तल्लिन रहने मन्त्री श्रेष्ठको जित सुनिश्चित रहेको अग्रज नेताहरु निर्वाचन अगाडि नै बताउदै आएका थिए।
आफु नेतृत्वमा रहदाँ, वा जुनसुकै तहमा रहँदा जहिले पनि त्यस टिमलाई बलियो र मजबुद बनाउदै आएका श्रेष्ठले विद्यार्थीकालबाट नेविसंघमा रही लोकप्रिय बनेका थिए भने तरुणदलमा रहँदा पार्टीले दिएको जिम्मेवारीबाट पछि नहटी अग्रभागमा रहेर काम गर्दै केन्द्रीय तहसम्म आफ्नो प्रभाव छाएका थिए।
पार्टीमा क्रियशिल सदस्य रही सक्रिय राजनीतिमा अगाडि बढेका श्रेष्ठले २०७४ सालको निर्वाचनमा स्याङ्जा जिल्लाबाट गण्डकी प्रदेश सांसद बनेका थिए। भने २०७८ सालमा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेको छोटो समयमा नै गण्डकी प्रदेश शिक्षा निती, साक्षर गण्डकी प्रदेश, जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम, सक्षम महिला समानान्तर पाइला, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम जस्ता निकै लोकप्रिय काम गरिसकेका छन् यिनै कामको प्रभावका कारण पनि मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको महाधिवेशनमा उपसभापतिमा निर्वाचिन बनेको कांग्रेसका नेताहरुले बताएका थिए।
आगामी दिनमा प्रदेश संरचनालाई बलियो र मजबुद बनाउनुका आफुले उम्मेदवार दर्तामा राखेका एजेण्डालाई कत्तिपनि कञ्जुस्याई नगरि अगाडी बनाउने गण्डकी प्रदेशका मन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति श्रेष्ठले बताए।