अपवादमा कुनै चमत्कार भएन भने सत्तारुढ नेकपा विभाजित भइसक्यो । चुनाव चिन्ह र संस्थापन कसको हुने भन्ने यकिन नभएकोले औपचारिक घोषणा मात्रै बाँकी छ । दुवै पक्षले आ–आफ्नै दाबी गरे पनि यो विषय निर्वाचन आयोग हुँदै अदालतसम्म जानसक्ने देखिएको छ ।

नेकपा विवादकै ‘बाइप्रोडक्ट’का रुपमा प्रतिनिधि सभा विघटन भयो । दल दुई चिरामा विभाजित छ । दुबै पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । तर, यसको कम्पन कांग्रेसमासमेत देखिएको छ ।

यतिखेर काँग्रेस दोधारको जालोमा जेलिएको छ । उसका सामु दुई बाटा छन्, एउटा प्रधानमन्त्रीको कदमको स्वागत गर्दै निर्वाचनमा जाने । अर्को बाटो हो, सडक आन्दोलनमा उत्रिने ।

दुई कित्तामा विभाजित

यसअघि पनि सत्तासँगै साँठगाँठ गरेको आरोप खेपेको कांग्रेस संस्थापन फेरि पनि ओलीको कमदको सदुपयोग गर्ने पक्षमा देखिएको छ भने संस्थापनइतर समूह तत्काल आन्दोलनमा जानुपर्ने अडानमा छ । संवैधानिक निकायमा नियुक्तिको सिफारिसमा समेत भागबण्डा पाएको भनेर विरोध भएपछि देउवाको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

यद्यपि, नेपाली कांग्रेसको अर्को खेमाले उनलाई सन्देहको घेरामै राखेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा तत्काल आन्दोलन गर्ने वा अदालतको फैसला कुर्ने भन्नेमा विभाजित भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्कीसम्म भयो । बुधबारको केन्द्रीय समितिको बैठकमा बोलेका ४ मध्ये ३ जना केन्द्रीय सदस्यहरुले संविधान र लोकतन्त्र जोगाउन तत्काल आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

त्यसपश्चात सभापति शेरबहादुर देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाउन उपयुक्त हुने बताएका थिए ।देउवाको भनाइमा असहमत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले जनतामा जाने कुनै न कुनै कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।

त्यसपश्चात सभापति शेरबहादुर देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाउन उपयुक्त हुने बताएका थिए ।देउवाको भनाइमा असहमत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले जनतामा जाने कुनै न कुनै कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।

देउवा र पौडेल पक्षका नेताहरुबीच बैठकमा चर्काचर्की नै भयो । महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा र पौडेललाई दुइजना छुट्टै बसेर टुंगो लगाउन सुझाव दिएका थिए । सह महामन्त्री डा. प्रकाशशरण महतले सभापति बोलेको बेला ‘बीचमै किन बोलेको ?’ भनी वरिष्ठ नेता पौडेललाई प्रश्न गरेका थिए ।

यत्तिकैमा देउवानिकट केन्द्रीय सदस्य शंकर भण्डारी आक्रोशित भए । उनले ‘वरिष्ठ नेताले जे भन्यो त्यही मान्न नसकिने’ जिकिर गरे । पौडेलविरुद्ध आइलागेका भण्डारीलाई घिमिरेले रोकेपछि बैठकमा केहीबेर चर्काचर्की परेको थियो । ‘चुप लाग्नुस तपाई, बढी नबोल्नुस्’, भण्डारीले घिमिरेलाई भने । ‘ठूलो स्वर हुँदैमा तपाई बढी बोल्ने, मलाई सिकाउने तपाई को हो ?’

अहिले कम्युनिष्ट पार्टी फुटेको अवस्थामा चुनाव जित्दा आफ्नो नेतृत्वमा कांग्रेसलाई बहुमत दिलाएर यसअघि गिरेको स्वाभिमान फर्काउने र पाँच वर्ष नपुगी पुनः सरकारको नेतृत्व गर्न पाइने देउवाको बुझाइ छ ।

घिमिरेले जवाफ फर्काए । दुई नेताबीच लामो चर्काचर्की परेपछि सभापति देउवाले दुवैलाई आ–आफ्नो स्थानमा बस्न निर्देशन दिए । ‘बसेर सल्लाह गर’, देउवाले दुवै नेतालाई भनेका थिए । यसै विषयमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यसमिति बैठकअघि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल जुटे ।

प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेपछि पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यसँग संवादमा जुटेका हुन् । सभापति देउवा सरकार विरुद्ध आन्दोलन गर्न अनिच्छुक देखिएपछि रामचन्द्र पौडेल पक्षले दबाब बढाउन अलग्गै भेला गरेको हो । भेलामा रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा डा. शेखर कोइराला र महेश आचार्यलगायत सहभागी छन् ।

देउवालाई फाइदै फाइदा

निर्वाचनमा जाने भनेर अघि बढ्दा देउवालाई फाइदै फाइदा रहेको उनको बुझाइ छ । फागुनमा पार्टीको महाधिवेशन गर्न नसकेर जेठ वा भदौमा सार्ने तयारीमा रहेका देउवाले निर्वाचनको बहानामा महाधिवेशनलाई अझै धकेल्न पाउँछन् ।

निर्वाचनका लागि टिकट बाँड्दा आफ्नै हात माथि हुने, संस्थापन इतरको खेमालाई ४० प्रतिशत उम्मेद्‍वार उठाउन दिएर ६० प्रतिशत आफ्नै उम्मेद्‍वार उठाउन पाइन्छ भन्‍नेमा देउवा छन् । अहिले कम्युनिष्ट पार्टी फुटेको अवस्थामा चुनाव जित्दा आफ्नो नेतृत्वमा कांग्रेसलाई बहुमत दिलाएर यसअघि गिरेको स्वाभिमान फर्काउने र पाँच वर्ष नपुगी पुनः सरकारको नेतृत्व गर्न पाइने देउवाको बुझाइ छ ।

चुनाव हुनेमा आशंका

केन्द्रीय सदस्यहरूले पार्टीभित्रको झगडामा प्रतिनिधि सभा विघटन गरेका ओलीले आगामी वैशाखमा निर्वाचन गराउनेमा आशंका व्यक्त गरेका छन् । बैठकमा बोल्दै सदस्यहरूले निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै पार्टीले हतारमा निर्वाचन वा पुनस्र्थापनाको पक्षमा उभिन नहुने धारणा राखेका हुन् ।

प्रतिनिधिसभा विघटन अब अदालतको विषय बनिसकेको भन्दै नेताहरूले त्यसको निर्णय नआउँदासम्म कांग्रेसले सरकारको पछिल्ला कदमको जनतालाई सुसूचित गराउन लाग्नुपर्ने तर्क गरेका छन् ।

अन्नतः संघर्ष

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले पुष १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति ब‌ैठकले पुष १३ गते देशभर १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्यण गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको बताए । यसअघि देउवा र पौडेल पक्षबीच यस विषयमा विवाद भएको थियो ।