नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि गण्डकी प्रदेशको सभापतिको लागि अर्जुन जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
पोखरामा मंगलबार बृहत आम भेला गरी जोशीले सभापति पदमा उम्मेदवारी दिने भनि सार्वजानिक गरेका थिए।

मंसीर १६ गतेबाट पोखरामा हुन गइरहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको निर्वाचनमा उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै जोशीले जिल्ला समन्वय समिति संयोजक भएर काम गर्दा गण्डकी प्रदेशमा ३५ दिनको आफ्नो कार्यअनुभवले गण्डकी प्रदेशलाई मजबुद बनाउनुपर्ने देखिएको बताउँदै जोशीले केन्द्रमा बसेर काम गर्नु भन्दा पनि गण्डकी प्रदेशमा कांग्रेसलाई एकजुट बनाएर लैजान आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए।
सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउन थालेको अभियानलाई सहयोग पु¥याउन आफूले उम्मेदवारी दिएको र जोशीले आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सभामुख तारानाथ रानाभाटले गण्डकी प्रदेशमा रहेका कांग्रेसहरुलाई एकवद्धता गर्नको लागि उचित नेतृत्व आवश्यक रहेको बताउँदै त्यसकोलागि अर्जुन जोशी नै उपयुक्र्त रहेको बताएका थिए।
लामो समय राजनीतिमा अहोरात्र खटिएका जोशीले स्थानीय तह देखि केन्द्र सम्मको लामो र गर्विलो अनुभव बोकेकोले गण्डकी प्रदेश कांग्रेसलाई उर्जाशिल बनाउन महत्वपूर्ण भूमिका रहन्छ पूर्व सभामुख रानाभाट भने ।
त्यसैगरी नेपाली कांग्रेस कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बरालले गुट उपगुट भन्दा माथि रहेर पार्टीलाई एक ढिक्का बनाउनको लागि आफ्नो समर्थन अर्जुन जोशीलाई रहेको जानकारी गराएका थिए।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, कानुन मन्त्री विन्दुकुमार थापा एवम् कास्की कांग्रेसका पुराना नेता कास्की–२ का प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेललगायतका नेताहरुको उपस्थिती रहेको थियो।
२०४८ सालबाट ३ कार्यकाल पर्वतको जिल्ला सभापति भएका जोशी २०५६ सालमा प्रतिनिधि सभा सदस्य रहेका थिए भने उनी २ पटक संविधान सभा सदस्य र पार्टीको केन्द्रीय सदस्यको अनुभव बटुलिसकेका छन्।