पर्वत ः सादा जीवन उच्च विचार, नेपाली कांग्रेसका अग्रज नेताहरुले सिकाएको यही हो । विपी कोइराला, गणेशमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, सुशिल कोइराला लगायतका नेताले देश, जनता र प्रजातन्त्रका लागि गरेको त्याग, बलिदान, आदर्शले नेपालको राजनीतिमा अमिट छाप मात्रै छोडेन नेपाली कांग्रेसलाई धेरै समयसम्म सवैभन्दा ठुलो पार्टी बनायो ।
कांग्रेसका संस्थापक नेताहरुले गरेको त्याग र समपर्णले गाउँका झोपडीदेखि शहरका महलसम्मका जनता नेपाली कांग्रेस बन्नेदेखि आम निर्वाचनमा कांग्रेसलाई नै मत दिएर सत्तामा आसिन गराए ।
बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्राईको सन्त जीवन, सुशिल कोइरालाको सादा जीवनले नेपाली कांग्रेसले नेपालको राजनीतिमा सफलताको शिखर चुम्न सफल भयो । कांग्रेसका संस्थापक नेताहरुको बलिदानले फैलिएको कांग्रेसको किर्ति पछिल्लो समय नेता र कार्यकर्ताहरुको भ्रष्ट, भड्किलो, स्वार्थी, गुटवन्दी, अराजक, पदलोलुप चरित्रले धमिलो बनाउने काम गरेको छ ।
राज्यको उच्च पदमा वसेर अख्तियार र पदको दुरुपयोग गरी अकुत सम्पति कमाउने काण्डहरुले जनतामा चरम निरासा छाएको छ ।
यतिखेर नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । प्रतिनिधिमा चुनिएर महाधिबेशनमा सहभागि हुन उम्मेदवारहरुले मतदातालाई प्रभावित अनेक आर्कषक प्याकेज प्रस्तुत गरेका थिए । चुनावी आचार संहिता विपरित उम्मेदवारहरुका चुनावी शैली देख्दा आम निर्वाचनलाई मात गर्ने खालको छ । पार्टीको सिद्धान्त, विचार, आदर्श, एजेण्डा, कार्यक्रमहरुलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुको साटो चुनावमा मतदातालाई प्रलोभनमा पारेर पद हत्याउने खालका प्रपञ्चले कर्मठ कार्यकर्ता प्रतिनिधिमा चुनिने संभावना घट्दो छ । धन, डन, अवसरवाद, चाकडी चाप्लुसीवादवाट जन्मिएका अर्थात् टुप्पोवाट पलाएकाहरु नै महाधिवेशन प्रतिनिधिमा चुनिएमा त्यसले सिंगो नेपाली कांग्रेस र देश जनतालाई नोक्सानी हुने पक्का छ । देशका विभिन्न ठाउँमा उम्मेदवारहरुले आचारसंहिता विपरित भड्किलो प्रचार–प्रसार, गुटवन्दी, खानपान, उठवस, किनवेच गरेका समेत भेटिए ।
यस्तै विकृति विसंगतीहरुको लस्करमा पर्वतमा पनि भड्किलो र भद्दा शैली देखिन पुग्यो ।
नेपाली कांग्रेस पर्वत जिल्लाको चुनावी रौनक देख्दा लाग्छ कुनै दलको नभई राष्ट्रिय चुनावको रौनक भन्दा पनि बढी देखिएको थियो।
कोभिडका कारण भिडभाड बढ्ने देखिएपछि नेपाली कांग्रेस केन्द्रले वडाबाट चुनिएका क्षेत्रिय प्रतिनिधिहरुलाई भोट हाल्न पाउने अधिकार दिएको थियो।
क्षेत्रिय प्रतिनिधिहरुले पालिका, क्षेत्र र जिल्लालाई मतदान गर्न पाउछन, एक हिसावले क्षेत्रिय प्रतिनिधीहरु भनेका कांग्रेसका तल्लो तह भन्दा एक तह माथिको नेताहरु, वा नेता वन्नको लागि पहिलो खुड्किलो भन्न मिल्छ ।
वडाबाट क्रियशिल सदस्यहरुले छानेका वा चुनेका क्षेत्रिय प्रतिनिधिहरु एउटा विज्ञ तह पनि हो। उनिहरुले कांग्रेसलाई नेतृत्वदायी अभिभावकको भुमिका निर्वाह गर्न सक्ने नेता छान्ने अधिकार रहेको हुन्छ तर भड्कीलो चुनाव र गुटगत राजनीतिले सक्षम नेता वाइपास हुन सक्ने अवस्था देखिएको छ।
पर्वतका एक नेताले भने “केही चुनावी मैदानमा उत्रिनुभएका साथीहरुलाई न हामीले उनलाई चिन्छौ, न उनले हामीलाई, यतिसम्मकी पार्टी कार्यालय समेत कहाँ छ भने उनलाई चुनावी मैदानमा उत्रर्नु भन्दा अगाडि थाहा थिएन। उनको अघिल्ला दिनमा कांग्रेसमा त्याग थियो या थिएन उनैलाई थाहा होला, उनले भने।
राम्रा नेताहरु कमजोर गुटमा पर्नु या कुनै गुटविना चुनावी मैदानमा उत्रिदा उनले जित्ने सम्भावना कम हुन्छ। विना गुटवन्दी जित्नु भनेको फलामका चिउरा चपाउनु हो, अर्को तर्फ हेर्ने हो भने, धन सम्पत्ति नभएको मानिस अब चुनावमा उत्रन नसक्ने भयो एउटा महाधिवेशन प्रतिनिधि बन्दा लाखौं खर्च हुने भयो, मोवाइलमा म्यासेज खर्च, मोवाइलमा फोन खर्च, पर्चा पम्प्लेट, ब्यानर, टिसर्ट टोपी प्रिन्ट यावत उनले भने।

भड्कीलो बन्यो चुनावी प्रचारशैली

पर्वत जिल्लाको जिल्ला अधिवेशनमा चुनावी प्रचार शैली भड्कीलो बनेको छ। नेताहरुले आफ्नो तस्विर टिसर्टमा छपाउने, ठूला ठूला होर्डिङ बोर्डहरु जथाभावी रुपमा टास्ने, पर्चा, पम्प्लेट र मोवाइलमा म्यासेज तथा भ्वाइस कलमा ठूलो रकम खर्चेको पाइन्छ। विकासको योजनामा अगाडि बढ्न नसक्नु, जनताका दुःख पीर मर्कामा हातेमालो नगर्ने जब चुनाव आउछ अनि आफ्नै दलको चुनावमा भड्कीलो चुनावी प्रचार–प्रसार गरेर मतदाताको मन जित्ने प्रयास गर्नुले सक्षम नेतृत्व भन्दा पनि पैसा र पावरवाला नेताहरुको हावी हुने सम्भावना देखिएको छ। चुनावी प्रचार नगर्ने नै भन्न खोजिएको हैन तर हद भन्दा माथि पुगेर प्रचार–प्रसार गर्नुले आगामी पुस्तालाई कस्तो असर पर्ला, चुनावमा होमिनको लागि पैसा कमाउनै पर्ने हो, या ऋण धन खोजेर चुनाव लड्नु पर्ने हो, या राजनीतिलाई व्यापार बनाउन खोजिएको हो, भड्कीलो चुनावबाट सक्षम र पार्टीलाई योगदान पु¥याएका व्यक्तिहरु पछाडी पर्ने सम्भावना देखिएको छ।

पर्वत महाधिवेशनमा प्रचारप्रसारका झलकहरु: