भावना कृषि सहकारी संस्था लि. र पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहयोगमा उन्नत जातका आलुको विउ वितरण गरेको छ।
भावना कृषि सहकारी भएको उक्त कार्यक्रममा १ हजार ८ सय ३५ किलो आलुको विउ वितरणमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले ५० प्रतिशतमा ३ सय ५० किलो विउ प्राप्त गरेको र भावना कृषि सहकारीका शेयर सदस्यहरुलाई ५० प्रतिशत अनुदान कार्यक्रममा १ हजार ४ सय ८५ किलो सहकारीबाट थप गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा वडा नं. १८ का वडा अध्यक्ष रण बहादुर थापाले आफ्नो धारणा राखेका थिए।
सहकारीका अध्यक्ष बलराम कोइरालाले भावना कृषि सहकारीले कृषि क्षेत्रको विकास र कृषकहरुको उन्नतीका लागि निरन्तर लागी पर्ने जानकारी गराएका थिए।
उक्त कार्यक्रम सहकारीका सचिव मिन बहादुर थापाले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।