जिल्ला प्रहरी कार्यालय पर्वतले मोटरसाइकल चोरीको कसुरमा २ जनालाई पक्राउ गरेको छ।
जिल्ला पर्वत महाशिला गा.पा. वडा नं. ५ लुङ्खु बस्ने वर्ष २१ को अशोक नेपाली र वर्षका १८ को सागर नेपालीलाई उनिहरुकै घरबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका अशोक नेपालीले सोधपुछको क्रममा पर्वत कुश्मा न.पा. स्थित दुर्लुङचोकबाट पार्किङ गरी राखेको बा. ९३ प. ८८७१ नं. को मोटरसाईकल चोरी गरी उक्त मोटरसाईकलको नम्बर प्लेट परीवर्तन गरी ग. १९ प. ९५९५ राखी चलाएको र अर्को मो.सा. कास्की जिल्लाको अन्न्पुर्ण गा.पा नौडाँडा स्थितबाट चोरी गरेको र सो मोटर साईकलको पनि नम्वर प्लेट परीवर्तन गरी चलाएको भनि प्रहरीलाई बताएका थिए।
कुश्मा न.पा. वडा नं. ४ दुर्लुङचोक स्थितबाट बा. ९३ प. ८८७१ नं. को मोटरसाईकल हराएको भनि शिव चापागाईले मिति २०७८।०४।२७ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा निवेदन दिएका थिए।
मोटरसाइकल चोरीमा संलग्न रहेकोले अर्का सागर नेपालीलाई पनि पक्राउ गरि उनिहरु दुवैलाई चोरी गर्न नहुने सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन १० ( दश) को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।