पर्वत जिल्ला कुश्मा नगरपालिका–७ खरेयाबाट जुवा खेलिरहेको अवस्थामा करिब १० लाख नगद सहित ८ जना लाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटिएको टोलीले खरेयाका गोविन्द अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो। उनिहरुको साथबाट नगद ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ सहित कार्तिक ५ गते पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा जिल्ला पर्बत फलेवास न.पा. वडा नं. ११ बस्ने बर्ष ५९ को जित बहादुर सुनार, कुश्मा न.पा वडा नं. ५ बस्ने बर्ष ४८ को भोज कुमार श्रेष्ठ, कुश्मा न.पा वडा नं. ६ बस्ने बर्ष ४१ को दिपेन्द्र बहादुर भण्डारी, कुश्मा न.पा वडा नं. ११ बस्ने बर्ष ५० को बाबुराम पौडेल, कुश्मा न.पा वडा नं. ६ बस्ने बर्ष ४७ को हर्क मान गुरुङ, कुश्मा न.पा वडा नं. ७ बस्ने बर्ष ५६ को गोबिन्द अधिकारी, कुश्मा न.पा वडा नं. २ बस्ने बर्ष ३४ को बिष्णु प्रसाद बास्तोला, कुश्मा न.पा वडा नं. ५ बस्ने बर्ष ५४ को मिन प्रसाद श्रेष्ठ रहेका छन्। उनिहरुलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धा शिर्षकमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट मुद्धा दर्ता गरि पहिलो पटक दिन १० (दश ) को म्याद थप प्रदान भई थप अनुसन्धान भईरहेको पर्वत प्रहरीले जानकारी गराएको छ।