File Picture :

अविरल वर्षाका कारण जिल्ला प्रहरी कार्यालय कुश्माको नजिकै पहिरो जाँदा कुश्मा, बागलुङ बेनी सडक खण्ड अबरुद्ध भएको छ।
मंगलबार राती १२ बजे पहिरो गई सडक अवरुद्ध भएपछि सवारीहरु चल्न सकेका छैनन्।
पहिरो ठूलो नभएपनि रातको समयमा पहिरो जाँदा र पानी निरन्तर पर्दा पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय कुश्माका प्रमुख शिवराज बुढाथोकीले जानकारी गराए। उनले भने, रातको समयमा पहिरो गएपछि कुनै मानवीय क्षति भएको छैन, जेसीविहरु मगाइसकिएकोले घण्टामा बाटो सुचारु हुन्छ।
मुक्तिनाथ दर्शन गरी फर्किएका पोखराका शक्ति बराल पोखरा फर्कने क्रममा ठूलो पानी पर्दा बाटोमा धेरै दुःख पाएको जानकारी गराए। उनले भने हामी बाटोमा सानातिना पहिरो पन्छाउँदै आयौ, कुश्मा आउँदा रातको करिब १ बजेको थियो, प्रहरी चौकी नजिक आएपछि यहाँ पनि रातीनै पहिरो गएछ, विहानको ६ बजेसम्म पनि पहिरो खोल्ने प्रयास नगरिदाँ हामी वितारा परेर बसेका छौं, उनले भने।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु कुश्मामा अलपत्र बनेका छन
भने ति जिल्लाबाट पोखरा, काठमाण्डौंका लागि छुटेका सवारीहरु रातिदेखिनै पर्वत जिल्ला प्रहरी कार्यालय अगाडि अलपत्र बनेका छन्।