सिन्धुली । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।