कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नंं ८ ल्वाङघलेललाई लक्षित गरी १४ विपन्न घर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको छ । मेरी गोल्ड युके संस्थाबाट स्थानीय प्रतिनिधि पूर्ण बहादुर गुरुङ (जापान)को समन्वयमा उक्त सामाग्रीहरु वितरण गरिएको हो । १४ घर परिवारलाई चामल, दाल, नुन तेल मर मसला जस्ता खाद्यान्नहरु वितरण गरिएको थियो । स्थानीय यूवा क्लव फेरी भेटौंला युवा क्लवका अध्यक्ष सन्तोष गुरुङ, सचिव गोपाल थापा मगर र पूर्व शिक्षक तारानाथ अधिकारीको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण भएको थियो ।
उक्त सामाग्री वितरण कार्यक्रममा विपन्न वर्गहरुले आआफ्नो समस्याहरु पनि राखेका थिए ।