पर्वतः प्रथम टिएफसी दशैं कपमा आयोजक टिम थापाथाना फुटबल क्लब विजयी बनेको छ।
बुधबार सम्पन्न भएको कपमा २४ टिम सहभागी भएको आयोजकले जानकारी गराएको छ। उक्त कार्यक्रम २५ गतेदेखि २७ गतेसम्म चलेको थियो।
विजयी टिम थापाठानाले प्रथम पुरस्कार २५ हजार, ट्रफी र प्रमाणपत्र पाएको थियो।
त्यसैगरी उपविजेता वनेको नागडाँडा स्याङ्जा टिमले १५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ।
नागडाँडा स्याङ्जा ७ नं. जर्सीका खेलाडी सागर राना उत्कृष्ट खेलाडी भएका छन् भने थापाठाना फुटबल क्लबका ८ नंं जर्सीका खेलाडी ईश्वर क्षेत्री सर्वाधिक गोलकर्ता बनेका छन् उनले ४ गोल गरेका थिए।
निर्धारित समयमा आयोजक टिम थापाठाना र स्याङ्जाले १-१ को बराबरी भएपछि पेनाल्टीमा प्रवेश गरेको थियो। पेनाल्टीमा थापाठानाले २ गोल थप गरेको थियो भने स्याङ्जाले १ गोल गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले कार्कीनेटामा भएको टिएफसी दशंै कपले अब फलेवास नगरपालिका खेलकुदका जुनसुकै कार्यक्रम पनि गर्न सक्षम भएको जानकारी गराएका थिए। “फुटबल प्रतियोगिता फलेवास नगरपालिकामा हुँदै गर्दा अब खेलकुदका कुनैपनि चुनौति सामना गर्न नगरपालिका तयार रहेको छ। हामी नगरलाई खेलकुदको विकासको लागि आवश्यक सहयोग गर्दै आएका छौं, भोलिका दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु, उनले भने।
थापाठाना फुटबल क्लबका अध्यक्ष आशिष श्रेष्ठले आगामी वर्षहरुमा पनि क्लबले फुटवल कार्यक्रम प्रतियोगितालाई निरन्तर गर्ने जानकारी गराएका थिए। उनले खेलकुद क्षेत्रको विकास र विस्तारबाट ग्रामीण क्षेत्रको आन्तरिक पर्यटनमा समेत टेवा पुर्‍याउने भएकोले सम्पूणर् क्षेत्रबाट उत्तिकै सहयोगको आवश्यकता रहन्छ भने। अध्यक्ष श्रेष्ठले सहयोगीहरु सम्पूणर् प्रति धन्यवाद व्यक्त गर्दै कोभिडका कारण रोकिएका खेलकुदका कार्यक्रमहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरि निरन्तरता दिन सम्बन्धित निकायलाई अनुरोध गरेका थिए।

लामो समयदेखि कोभिडका कारण खेलकुद क्षेत्र धराशय बनिरहँदा फलेवास नगरपालिका वडा नं. १ र २ को संगम स्थलमा रहेको शान्तिवाटिकामा राखिएको उक्त कपले खेल क्षेत्रलाई पुन निरन्तरता दिने आश पलाएको वडा नं. १ का अध्यक्ष बाबुराम शर्माले बताएका थिए।
जिल्ला खेलकुद समिति सँगको सहयकार्यमा गरिएको कार्यक्रममा विशेष अतिथिहरु खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ र फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाको आफ्नो धारणा राखेका थिए।
थापाठाना फुटबल क्लबका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सल्लाहकार राम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए।
प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो।