गुण एयरलाइन्सबाट पोखरा आउने यात्रीहरु उडान रोकिदा काठमाण्डौंमा अलपत्र परेका छन्।
मंगलबार दिउँसो २ बजे पोखरा उड्ने भनेको जहाज डिले भएर पटक पटक उड्ने थप गरेपनि ६ बजेपछि उड्न नसक्ने जानकारी यात्रुहरुलाई गराएको थियो।
जहाजमा खरावीको कारण बताउँदै उड्न नसक्ने जानकारी गराएपछि गुण एयरलाइन्सका कर्मचारी र यात्रुहरु विच चर्काचर्की भएको थियो।
अन्तिम समय सम्म पोखरा आउने आशामा बसेका यात्रुहरुलाई आजको फ्लाइट क्यान्सिल भयो भोलि विहान ७ वजेमात्र जहाज उड्ने भनेपछि आक्रोशित यात्रुहरु र कर्मचारीको भनाभन भएको थियो। भने पोखरामा आफन्तहरुलाई लिन बसेका कुरुवाहरु ७ वजे आफ्नो घरमा फर्केका थिए।
मौसम राम्रो भएपनि जहाजमा प्राविधिक त्रुटीका कारण जहाज उड्न नसकेको भन्दै बरु सम्पूर्ण यात्रुहरुको बस्ने र खाने प्रबन्ध गुण एयरलाइन्सले नै गर्ने भनेपछि आक्रोशित भिडमा केही शान्त बनेको थियो। अहिले काठमाण्डौंको एक होटलमा केही यात्रुहरुलाई राखिएकोे छ ।

जहाजमा खराबी भएको भन्दै मंगलबार दिउसो २ वजे उडान गर्ने भनेको गुण एयरलाइन्स बुधबार विहान ७ बजे पोखराको उडान भर्ने भएको जानकारी गराएको छ। गैह्र जिम्मेवारी पाराले हुँदा यात्रुलाई सास्ती मात्र भएको छैन, छिटो र सहज ढंगबाट पोखरा आइएला भनेका यात्रुहरु काठमाण्डौंमै बस्नुपर्दाको पीडाको जवाफ कस्ले दिने ? सत्य तथ्य छानविन हुनु जरुरी छ।