प्र्रधानमन्त्री शेरबहादुर देउवाले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले दुर्घटनाबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्।
उक्त स्टाटसमा मृतक परिवारलाई उचित राहत र घाइतेको उद्धार र निःशुल्क उपचार सरकारले गर्ने जानकारी गराएकाछन् भने दुर्घटना न्युनिकरणको लागि सुरक्षाका मापदण्ड पुरा गरी सावधानी पूर्वक सवारी चलाउन समेत ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री शेरबहादुुर देउवाको जस्ताको तस्तै सामाजिक सञ्जालमा लेखेको स्टाटसः
मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।
सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।