• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ साउन २३ गते शनिवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
1 month अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
1 month अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
3 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
4 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
4 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
4 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
4 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
4 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
4 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

RSS
  • ख-
  • ख
  • ख+

पोखरा :  भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।

‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको थियो ।

महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट रु १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । प्रवक्ता नेपालीले भन्नुभयो,“प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।” महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये रु एक करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ ।

दसँैलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ । यसैगरी पोखरा महानगरपालिकाभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । सहमति अनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो हप्ताबाट विज्ञको टोली पोखरामा खटिइ आउने महानगरले जनाएको छ ।

  • पोखरा
प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech