कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–१०, नयाँपुलमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। भने १ जना घाइते भएका छन्।
सोमबार आज १ बजेर ३० मिनेटको समयमा नयाँपुल घान्दु्रक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप अनियन्त्रित भई कलडाँडा भिरको घुम्ती सडकबाट करिब २०० मिटर तल सडकमा खसेको थियो।
दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको, मृत्यु हुनेमाजिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका–५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका–३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका–३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ।