राष्ट्रिय संगीतकर्मी संघको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ ।
संघको कास्की कार्यालय उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका महासचिव विक्रम जंग शाहले कलाकारहरूको वास्तविक उत्थानमा लागि परेको एक मात्र संस्था राष्ट्रिय संगीतकर्मी संघ रहेकोे बताए । नेपालको ७० जिल्लामा जिल्ला कार्यालय रहेकोे यस संस्थाले बाढी पैर्हो, भुकम्प र कोरोना जस्तो माहामारिको बेलामा पनि कलाकारहरुलाई राहत वितरण गरि मलहम लगाउने काम गरेको स्मरण गराउदै आफू व्यक्तिगत रूपमा पनि कलाकारहरुको हकहितमा सधैं तत्पर रहेकोे बताए ।
राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेशका महासचिव मान बहादुर तामाङले कास्कीको हरेक कार्यक्रममा सहभागी हुन पाउँदा आफ्नो घर कास्कीमै भएको अनुभुति गरेको बताए । कास्की जिल्लाले गरेको कार्यक्रमहरुको मुल्यांकन गर्दा सम्भवतः कास्की जिल्ला प्रथम रहेकोे धारणा राखेका थिए ।
कार्यक्रममा विशेष आतिथी प्रतिष्ठित व्यवसायी उदय बहादुर केसी लाउरे दाईले कलाकारहरू राष्ट्रको गहना मात्र नभई सुख दुःखको हितैसी मित्र भएको धारणा राख्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले जिल्ला कार्यालयका लागि पोखरा महेन्द्रपुलमा रहेकोे पोखरा मोबाइल टावरमा निशुल्क कोठा उपलब्ध गराएका छन् ।
कार्यक्रममा शुभकामना राख्नेहरुमा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद गौतम, कास्कीका सल्लाहकार नारायण सिग्देल, संघका राजधानी सम्पर्क समिति अध्यक्ष यम बहादुर जिसि, गण्डकी प्रदेशकि पुर्व महिला सचिव पवित्रा काफ्ले, आजिवन सदस्य दिल कुमारी खाँड लगायतका रहेका थिए ।
ऋषिराम दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत महानगर संयोजक सुनिल गायक र संचालन सागर कार्कीले गरेका थिए ।