राप्रपा गण्डकी प्रदेशले शनिबार संयुक्त रुपमा चाडपर्वको विशेष उपलक्ष्यमा माछापुच्छे«को नयाँपुलमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
राप्रपा गण्डकी प्रदेश, कास्की जिल्ला, निर्वाचन क्षेत्र न.३, प्रदेश सभा क, राप्रपा माछापुच्छ्रे गाउपालिका, वडा इकाई वडा न ८ माछापुच्छ्रे गाउँपालिकाको सयुक्त आयोजनामा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४२, छठ पर्व तथा इद २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान गर्नुका साथै चियापान कार्यक्रम गरिएको थियो।
कार्यक्रमका प्रमुख आतिथि राप्रपा केन्द्रिय सदस्य कुल बहादुर गुरुङ(कुलु) ले कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रियता प्रजातन्त्र र उदारवादको सिद्धान्तमा रही काम गर्न सकेमात्रै देशलाई समृद्धि तर्फ लैजान सहज हुने जानकारी गराएका थिए। उनले हिन्दु राष्ट्र, राजसंस्था नै अबको जनताको माग रहेको भन्दै सम्पूर्ण राष्ट्रवादीहरु एक भएर लाग्न आग्रह गरे।
उक्त अवसरमा राप्रपा केन्द्रिय सदस्य बरुण विक्रम राणा, राप्रपा गण्डकी प्रदेश कार्यसमिती सदस्य दान बहादुर गुरुङ, राप्रपा स्याङ्जा जिल्ला कार्यसमिती उपाध्यक्ष झल बहादुर गुरुङ, राप्रपा गण्डकी प्रदेश, कास्की जिल्ला, निर्वाचन क्षेत्र न.३, प्रदेश सभा (ख)का अध्यक्ष तिर्थ सुबेदी, राप्रपा पुर्व जिल्ला कार्यसमिती सदस्य सेते गुरुङ बिजुली, राप्रपा माछापुच्छ्रे गाउपालिका अध्यक्ष सन्तोष गुरुङ, नेपाली काङ्ग्रेस माछापुच्छ्रे गाउँपालिका उप–सभापति राम बहादुर गुरुङ, नेकपा एकीकृत समाजवादी माछापुच्छ्रे गाउँपालिका सदस्य झपी अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र प्रार्टी (राप्रपा) गण्डकी प्रदेश, कास्की जिल्ला, निर्वाचन क्षेत्र न.३, प्रदेश सभा (क)का अध्यक्ष पुर्ण बहादुर गुरुङ जापानको अध्यक्षता भएको उक्त कार्यक्रम राप्रपा माछापुच्छ्रे गाउपालिका सचिब गोपाल थापा मगरले सञ्चालन गरेका थिए।