नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ, पोखराले कामको सिलसिलामा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ।
मोटरवाटो बनाउने क्रममा दुर्घटनामा परि निधन भएका २ परिवारलाई २ लाखका दरले विहीबार एक कार्यक्रम गरि उक्त रकम संघले सहयोग गरेको हो।
दुर्घटनाबाट मृत्यु हुनेमा कैलाली जिल्ला चुरे गाउपालिका वडा नं. १ का वर्ष २५ का हेमन्त धामी र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ४ छमर्के का जिवन कुमार श्रेष्ठ रहेका छन्।
धामी वैतडी जिल्ला मेलौली नपा वडा नं. ३ मा पञ्चेश्वर सडक खण्डमा २०७७ असो १६ गते काम गर्ने क्रममा मृत्यु भएको थियो भने अर्का श्रेष्ठ कुश्मा नगरपालिका मधुवैनीमा सूर्य कन्ट्रक्सन प्रा.लि. काठमाण्डौंको कम्पनीमा काम गर्दा माथिबाट ढिस्को खसी २०७७ चैत २५ गते घाइते भएका थिए उनको उपचारको क्रममा वैशाख १३ गते जिएमसी हस्पिटलमा मृत्यु भएको थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुशिल कुमार वाग्लेले अपरेटर संघमा आवद्ध सदस्यहरुको दुर्घटनाबाट मृत्यु भएका मृतकको परिवारलाई साधारणसभामा आर्थिक सहयोग गर्दै आइरहेको भएपनि चाडवाडमा वालवालिका र परिवारलाई आर्थिकका कारण खल्लो नहोस् र केही राहत हुन्छ कि भनी अगाडि नै सहयोग गरिएको उनले जानकारी गराए।
निर्माण व्यवसायी संघका अध्यक्ष सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायी संघ कास्कीका अध्यक्ष निश्चल पोखरेल, बरिष्ठ उपाध्यक्ष वालकृष्ण कोइरालाले मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा व्यवसायी र अपरेटरहरुको उल्लेख्य उपस्थिति रहेको थियो।