पोखरा महानगर–१७ छोरेपाटनबाट एक महिला शनिबारबाट हराएकी छिन्।
माछापुच्छे« गाउपालिका–६ स्थायी बसोवास गर्दै आएकी पार्वती उपाध्याय ढुंगाना उपचारको लागि पोखरा आएकी थिइन्।
पोखराको एक अस्पतालमा उपचार गरी फर्किएपछि उनि छोराको डेरा पोखरा–५, पस्र्याङमा बसेकी थिइन्। शुक्रबार डेरामा मोवाइल र गहना समेत छाडेर निस्किएकी ढुंगानालाई आफन्तहरुले शनिबार पोखरा–१७ छोरेपाटनमा दिनको ५ बजे देखेको उनका भाई देवराज गौतमले बताए।
ढुंगानाका भाई देवराजले दिदीलाई देखे भेटेको खण्डमा नजिको प्रहरी चौकी वा घरपरिवारको सम्पर्क नं. ९८४००६८४८९, नविन ढुंगाना (छोरा) र ९८५११२८०७९,(भाई) लाई सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्।
ढुंगानाका अनुसार दिदी पार्वती उपाध्याय ढुंगानाको हुलिया हरियो ब्लाउज, रातो सारी लगाएको ५ फिट १ इन्च जति अग्लो खुट्टा बाथ रोगका कारण खुम्च्याएर हिड्ने वर्ष ५७ को रहेको जानकारी गराएका थिए।