पर्वत : कुश्मा नगरपालिका खहरेको धुपीचोकको सडक पेटीमा पैदल हिड्ने यात्रुलाई एम्बुस थापिएको छ।
मध्यपहाडी लेकमार्गको कुश्मा पोखरा आउने सडकको छेउमा पानी बग्ने नालीको भागलाई दुवैतर्फ छोपिएको छ भने पानी क्रस हुने जक्सनमा पु¥याएर खुल्ला छाडिएको छ।
साँझ मानिसलाई एकसुरले हिड्दा नालीभित्र पस्ने सम्भावना प्रवल रहेकोछ। वालवालिका, बृद्ध र आँखा नदेख्ने शारिरीक अपाङ्ग भएका व्यक्तिहरु हिड्दा समेत खतरा बढेको छ।
दैनिक सयौं विद्यार्थी तथा पैदल यात्रीहरु हिड्ने बाटोमा विद्यालय लगायत स्थानीयले विरोध गरेपनि यस विषयमा नियमनकारी निकायले चासो देखाएको छैन। जसले गर्दा दैनिकी दुर्घटना हुने सम्भावना प्रबल बनेको छ।
पोखरा–९ निवासी रुजीत श्रेष्ठ राती ९ बजेतिर धुपीचोकमा साथीलाई भेटेर कुश्मा फर्कने क्रममा नाली भित्र खसे, धन्न सँगै हिडेका साथीले उनलाई च्याप्प समात्दा ठूलो क्षती हुन पाएन। अधिकांश रातको समयमा यो बाटो हिड्दा नाली भित्र धेरैजना खसेका छन्। सम्बन्धित निकायले यसविषयमा ध्यान नदिंदा जोखिम बढेको छ।
सडकको पेटी निर्माण गर्दा त्यसबाट हुने दुर्घटनालाई विचार पु¥याउनुपर्ने हो तर सामान्य विचार पनि नपु¥याई लापरवाही गरेर यस्तो पासो थाप्दा भोलिका दिनमा ठूलो दुर्घटना नघट्ला भन्न सकिन्न। यदी यही सडक पेटीमा थापिएको एम्बुसमा कसैको अप्रिय घटना घटेको खण्डमा जिम्मेवार को बन्ने राज्य कि सडक ?