पर्वतः पर्वतमा कोभिड–१९ को जोखिमलाई न्युनिकरण गर्नको लागि स्मार्ट लकडाउनलाई निरन्तरता दिइएको छ।
नजिकिदै गरेको चाडपर्वमा अत्याधिक भिड बढ्ने हुँदा कोभिड संक्रमण तिब्र फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निधेषाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले विज्ञप्तीमा उल्लेख गरेको छ। जिल्लामा कोरोना संक्रमणको दर न्यूनिकरण हुँदै गएपनि जोखिम कायमै रहेकाले अर्को आदेश जारी नभएसम्म निषेधाज्ञालाई निरन्तरता दिईएको हो । नेपालीहरुका महत्वपुर्ण चाडपर्व नजिकिँदै जाँदा प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्नका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति पर्वतको सिफारीसमा जिल्ला प्रशासन कार्यालयले गएराती १२ बजेदेखि लागु हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी राखेको हो । सम्भावित जोखिम न्यूनिकरणका लागि स्मार्ट लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी गराइन्।
प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा अत्यावश्यक काम बाहेक हिडडुल नगर्न, मास्क र स्यानीटाईजरको प्रयोग गर्न भनिएको छ । त्यसैगरी चाडपर्व मनाउँदा भिडभाड नगरी घरमै सिमीत रहेर मनाउनुपर्ने उल्लेख गरिएको छ । चाडवाड मनाउन विभिन्न जोखिमयुक्त क्षेत्रवाट मानिसहरु गाउँ आउने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने र यसका कारण संक्रमण द्रुत गतिमा फैलन सक्ने भन्दै परिवारमा मात्र सिमीत रहेर मनाउन आदेश दिईएको हो ।
त्यसैगरी सभा सम्मेलन, जात्रा महोत्सव नगर्न, अत्यावश्यक बैठकहरु भर्चुअल विधिवाट गर्न आग्रह गरिएको छ । व्यापार व्यावसाय सार्वजनिक तथा निजि निर्माण, उद्योग, कलकारखाना, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायमस्थल लगायतमा सामाजिक दुरी कायम गर्न, सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, सवै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने समेत प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
होटल तथा पार्टी प्यालेसमा समेत पुणर् रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, पठन पाठन तथा शैक्षिक गतिविधिहरु जोखिमको अवस्था हेरी स्थानीय तहको सिफारीसमा संचालन गर्ने र प्रत्येक कक्षा कोठमा २५ जना भन्दा विद्यार्थी राख्न नपाईने पनि आदेशमा उल्लेख छ ।
परिवारमा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यावसायीहरुले संक्रमित व्यक्ति आईसोलेशनमा रहुन्जेलसम्म आफ्नो व्यावसाय संचालन गर्न नपाईने समेत आदेशमा भनिएका छ । पर्वतमा कोरोना संक्रमणवाट ७५ जनाले ज्यान गुमाएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १२ रहेको छ ।