एनजिएम हिरोले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । हिरो एक्स पल्सको अफ रोड सेग्मेन्टमा सफल भएको उपलक्ष्यमा हिरो मोटर साइकलको आधिकारीक बिक्रेता ज्योती गु्रप अन्तरगतको नेपाल जनरल मार्केटिङ ( एनजिएम हिरो) ले आज एक कार्यक्रमका गरी प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोराना रोकथाम तथा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिइ, सेनिटाईजर, मास्क, पञ्जा लगायतका सामाग्री प्रदान गरेको एनजिएम हिरो स्वरुम कास्कीका ब्रान्च म्यानेजर दीपक नेपालीले जानकारी गराए । नेपालीका अनुसार ७५ थान पिपिई सेट, १० लिटर सेनिटाईजर, ५० बक्स डिस्पोजयबल मास्क, ५० पिस एन–९५ मास्क र २० बक्स डिस्पोजयबल ग्लब्स प्रदान गरिएको छ ।
समाग्री प्रदान गर्दै हिरोको वस्टर्न रिजनल म्यानेजर एफ्टर सेल्स प्रकाश फुयाँलले कोभिड–१९ बिरुद्धको लडाँईमा स्वाथ्यकर्मीको मनोबल उच्च बनाउनुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताए।
सहयोग सामान बुझ्दै प्रतिस्ठानका निर्देशक डा.खत्रीले स्वास्थ्य सामाग्री सहयोग गर्ने एनजिएम हिरोलाई धन्यवाद दिए । अहिले कोरोना भाइरसको संक्रमण दर केहि मात्रमा कम भए पनि जोखिम भने कायम नै रहेको बताए। कोरोना बिरुद्धको लडाईमा नागरिक तहबाट नै आफु स्वयम सचेत नभए सम्म भाइरस फैलन नरोकिने भन्दै स्वास्थ्य सर्तकता अपनाउन सबैलाई उनले आग्रह गरे ।

राईडिङ क्याम्पिङ

हिरो एक्स पल्स २०० को अफ रोड सेग्मेन्टमा सफल भएको उपलक्ष्यमा एनजिएम हिरोले आजै मोटर साइकल राईडिङ क्याम्पिङ पनि सम्पन्न गरेको छ । एनजिएम हिरोको सोरुम नयाँबजारबाट सुरु भएको मोटरसाइकल ¥यालि पृथ्वी चोक, जिरो कि.मी, विन्दावासीनी, सराङ्कोट, नागडाँडा पुगेको थियो । यसैगरी नागडाँडाबाट हेम्जा, लामाचौर, बगर, महेन्द्रपुल, रानीपौवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

हिरोको दशैं तिहार अफर

यस बर्षको दशैं तिहारका लागि एनजिएम हिरोले हात खाली नजाने बिशेष अफर ल्याएको छ । यस बर्षको दशैं तिहारमा हिरो कुनै पनि बाइक खरिद गर्दा रु पाँच हजार सम्मको नगद छुट दिने भएको छ । साथै स्क्राच कुपनमा रु एक हजार देखि रु एक लाख सम्मको नगद उपहार योजना ल्याएका एनजिएम हिरो सोरुमले जानकारी दिएको छ । यस्तै हरेक पन्ध्र दिनमा एकजनालाई गोलाप्रथा गरी रु एकलाख बम्परमा उपहार दिने भएको छ ।