नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट देशकै ठूलो पालिका पोखरा महानगरपालिकाबाट कान्छा उम्मेदवार सञ्जय आले (लभ्सन) सह–सचिव पदमा निर्वाचित भएका छन ्।
पोखरा १५ रामवजारका उनि पोखरा महानगरपालिकाका सबैभन्दा सानो उमेरका उम्मेदवार हुन ्। उनि अहिले बल्ल २१ वर्ष पुगेका छन् ।
पोखरा महानगरपालिको ३३ वटा वडाका क्षेत्रिय प्रतिनिधिको मन र मत जित्न सफल युवा आलेले सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्दै आफूले पार्टीको सिद्धान्त र शुभेच्छुकहरुको मनोभावना अनुसार युवा जोस र जाँगरलाई कार्यशैली प्रस्तुत गरेर देखाउनुका साथै पदिय जिम्मेवारी बहन गर्न सक्षम रहेको बताएका छन्।
पृथ्वीनारायण क्याम्पस अध्ययनबाट आफ्नो राजनीति यात्रा तय गरेका आलेलाई छोटो समयमा नेविसंघको प्रभावशाली नेताको उत्कृष्ट पहिचान कमाउन सफल व्यक्तिका रुपमा चिनिने पोखराका राजनीति विशेषज्ञहरुले बताउछन्। राजनीतिमा उमेरले छेक्दैन भन्नेमा उनि गतिलो उदाहरणका रुपमा उदाएका नेता मानिन्छन्।
राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका आले राजनीतिमा मात्रै नभई सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउदै आएका छन् भने उनि युवा स्वरोजगार पनि हुन्।
महानगर सहसचिव आले भन्छन्, “युवाहरु विदेशिने क्रम बढ्दै गर्दा राजनीतिमा युवाहरुको वितिष्णा पैदा भएको छ तर राजनीति खराब होइन, राजनीतिमा लागेका केही व्यक्तिहरुले पदिय दायित्व विर्सेर आफ्ना व्यक्तिगत स्वार्थ पुर्तिको लागि काम गर्दा अहिले नेपाल आमाले दुःख पाउनुभएको छ।”
“देश विकासमा युवाहरुको खाँचो छ, अहिले मलाई मैले गरेका काम र अनुभवले मलाई सक्षम ठानेर महानगरमा जिम्मेवारी पदमा चुन्नु भएको छ। उहाँहरुको आशालाई खेर जान दिन्न, विश्वासको पात्र बनेर आएको छु, अग्रजहरुको सल्लाह र सुझावलाई मनन गरेर त्यो पूरा गर्छु”, उनले भने।
हामीलाई थप चुनौति र जिम्मेवार बनाएको छ, कमिकमजोरी औल्याई खबरदारी गर्नुपर्छ । अहिलेको समय भनेको बोल्न भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था रहेको छ, उनले भने।
आले हजुरबुवाको पृष्ठभूमिबाट प्रभावित बनेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्।
हजुरबुवा ईश्वरबहादुर आले इण्डियन आर्मीबाट रिटायर्ड भएपछि सामाजिक तथा राजनीतिक रुपमा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन्। पछिल्लो समय हजुरवुवा विरामी भएर सक्रिय रुपमा हिड्न नसक्ने भएपछि देशको विकासको लागि राजनीति गर्ने अठोट लिएको बताए ।