जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा शनिबार पर्वत जिल्ला अस्पताल परिसर सरसफाई गरेको छ।
समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन अध्यक्ष गोविन्द पहाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेल, प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, सामुदायिक सेवा केन्द्र ईन्चार्ज प्रहरी सहायक निरीक्षक साजन कार्की, अस्थाई प्रहरी पोष्ट कुश्माका प्रहरी सहायक निरीक्षक गणेश श्रीस, सेवा केन्द्रका अन्य कार्य समिति पदाधिकारी, सल्लाहकार, अस्पतालका कर्मचारीहरु र प्रहरी कर्मचारी लगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन अध्यक्ष गोविन्द पहाडीले सामाजिक काममा समुदाय र प्रहरीले गरेका यस्ता सामाजिक गतिविधिले प्रहरी मेरो साथीको भावना झल्काएको बताएका थिए। उनले सभ्य समाज निर्माण गरि युवाहरुलाई विकृति विसंगती तथा कुलतबाट बचाउन युवाहरुलाई व्यस्त राख्नुपर्ने जानकारी गराएका थिए।