नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा फलेवास नगरपालिकाको सभापतिमा हिरामणी सापकोटा निर्वाचित भएका छन्। उनि अघिल्लो कार्यसमितिमा पनि सभापति रहेका थिए।
उनले १ सय ४१ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेद्वार थमनसिंह थापाले ७६ मत ल्याएका थिए।
सभापतिमा ४ जनाको उम्मेद्वारी दर्ता भएपनि अन्तिम समयमा थमनसिंह थापालाई ख्यामबहादुर क्षेत्री र बसन्त कुमार श्रेष्ठले समर्थन गरेर आफ्नो उम्म्मेदवारी फिर्ता गराएका थिए।
त्यसैगरी उपसभापति पदमा नन्दलाल शर्मा र ओमप्रसाद गौडेल विजयी भएका छन्। उनिहरुले क्रमश ः १ सय २२ मत र १ सय ३ मत ल्याएका हुन्।
उपसभापतिमा ५ जनाको उम्मेदवारी रहेको थियो। जसमा कुलबहादुर कँडेल, कृष्ण प्रसाद पौडेल र नारायणदत्त रखाल रहेका थिए ।
सचिवमा धनबहादुर थापा र चित्र प्रसाद शर्मा विजयी भएका छन्। उनिहरुले क्रमशः १ सय ३८ मत र १ सय १५ मत ल्याएका छन्।
सचिव पदमापनि ५ जनाको उम्मेदवारी दर्ता भएको थियो। जसमा टेकबहादुर पाठक, दिपक कुँबर र शालिकराम कुँबर रहेका थिए।
सहसचिवमा देवबहादुर नेपाली र किरण कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। सदस्य पदमा शनिबार नै सर्वसम्मत चयन भएको थियो।

अन्तिम समय सम्म पनि चुनाव नगरी उम्मेदवारहरुले समझदारीमा लैजाने भन्दै गर्दा निर्वाचन मण्डलले ३ पटक सम्म निर्वाचनको समय थप गर्नु परेको थियो।