काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलासमा पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् ।

प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो ।

रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।