पर्वत ः नेपाली कांग्रेसका पुराना, निष्ठावान र अनुभवी नेता थमानसिंह थापाले फलेवास नगरपालिकाको नगर सभापतिमा दावी गरेका छन ।
कांग्रेसका लोकप्रिय र शालिन नेताको छवि बनाएका नेता थापालाई आम कार्यकर्ताको दरिलो साथ रहेको छ । नेपाली कांग्रेस थापाठाना गाउँ कमिटीको १३ औँ अधिवेशनबाट लगातार दोस्रो कार्यकाल सभापतिको रुपमा थापाले काम गरिसकेका छन् ।
कांग्रेस नेता थापाले फलेवास नगरमा रहेका सम्पुर्ण नेता, कांग्रेसीजनहरु र जिल्ला स्तरका सब‌ै नेताहरुको साथ सहयोग आफुलाई रहेको र नगरमा कांग्रेस पार्टीलाई प्रजातान्त्रिक बिधि र प्रकृयाबाट बलियो बनाउँन आफ्नो उमेदवारी रहेकोले सबैले आफुलाई निर्विरोध रुपमा सभापति बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।
२०२७ सालमा नेपाली कांग्रेसको मुखपत्र तरुण पत्रिकामा आवद्ध हुँदै कांग्रेसमा सक्रिय बनेका थापा १३ अौं अधिबेसनबाट लगातार दोस्रो पटक थापाठाना गाउँ कमिटिको सभापति बनेका थिए भने बहुदल आए पछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन थापाठाना गाबिसको अध्यक्षमा अत्यधिक बहुमतले बिजयी पनि बनेका हुन्।
नेपाल स्काउटमा समेत आवद्ध थापाले रेडक्रस सोसाईटी पर्वतको उपसभापति पनि भईसकेका छन्। २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि कांग्रेस गाउँ कार्यसमितिको सचिवको जिम्मेवारी लिएका थापाले बिभिन्न समय गरेर २० बर्ष भन्दा बढि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य भईसकेका छन् भने हालपनि नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रहेका छन्।
थापाले नेपालमा कांग्रेस मात्रै प्रजातान्त्रिक संस्कार भएको पार्टी भएको तर पार्टी भित्र केहि बिकृतिहरु भित्रिएका कारण आँफू सभापति भएमा अझ सक्रिय भएर युवा,बिद्वान र अनुभवी व्यक्तिहरुलाई समेटेर एउटा छुट्टै सुझाब टिम बनाएर फलेवास नगरसमितिको सङ्गठनलाई सशक्त बनाएर छोड्ने सोचमा आँफू रहेकाले भोलीका दिनमा काँग्रेसको भविस्य थप उज्यालो बनाउन पनि फलेवासी काँग्रसीजनहरु आँफुलाई सर्वसम्मत सभापति बनाउन लागिपरेको दाबी गरेका छन् ।