हिमालय बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम मंगलबार हेमजामा सम्पन्न भएको छ ।

हिमालय बचत तथा ऋण सहकारी सँस्था लि.को आयोजना एवं रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, सल्लाहाकार मादबशरण पौडेल लगाएतले आफनो भनाइ राखेका थिए ।

लेखा समिति संयोजक भरतराज अधिकारीले स्वागत गरि सुरु गरको कार्यक्रममा शिक्षा उपसमिति संयोजक मनहरी तिमिल्सिनाले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मेगराज त्रिपाठीले गरेका थिए ।