पोखरा | नेपाील काग्रेसले एउटा असल लोकतान्त्रिक यौद्धा लाई गुमाउनु परेकोमा दुःख ब्यक्त गरेका छन ।

नेपाली काग्रेस वडा इकाई ६ बैदामले सोमबार क्रियाशिल सदस्य देवबहादुर सुनार (राजेश) को सातौँ दिनको पुन्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री कुमार खड्काले उक्त कुरा बताए ।

उनी हामी बिच नरहे पनि उनले पाटि प्रति गरेको योगदानले नेपाली काग्रेसलाई सहि मार्गमा हिड्न उत्प्रेरण प्रदान गरिरहने छ । सुनारले साजिक क्षेत्रमा गरेको योगदानलाई आफ्नो गाउँ टोल र काँग्रेसले मात्र नभएर सारा बैदामबासीले स्मंरण गर्नु पर्ने कुरामा जोड दिए ।

पोखरा महानगर पालिका वडा न ६ बैदामका अध्यक्ष जगत बहादुर पहारीले सुनार असल र इमान्दार सामाजिक कार्यकर्ता भएको बताउदै उनको निधनले समाजमा ठुलो क्षेती भएको बताए । नेपाली काग्रेस सुभेच्छुक संस्था समन्वय बिभागका सदस्य तथा पूर्व वडा इकाइ सभापति दिपकबिर कुवँरले सुनारले नेपाली काग्रेस वैदामलाई गरेको सहयोगको स्मंरण गर्दै पाटिले असल इमान्दार कार्यकता गुमाएकोमा शोक ब्यक्त गरेका थिए ।

सभापति सन्तोष पौडेलले नेपाली काँग्रेसको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहि पाटिलाई पुर्याएको योगदानको बैदाम काग्रेसले सधै मुल्याङ्ककन गर्ने बताउदै श्रद्धाञ्जली प्रकट गरेका थिए ।

सन्तोष पौडेलको सभाअध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राममायाँ विश्वकर्मा, सचिब प्रकास न्यौपाने र मृत्यकका भाई अशोक सुनारले लगायतका बक्ताहरुले देवबहादुर सुनारले समाज र नेपाली काग्रेस पाटि प्रति दिएको योगदानको चर्चा गर्दै उनले गरेको योगदानको मुल्याङ्घन हुन सके मात्र उनि प्रति सँच्चा श्रद्धाञ्जलि हुने, भन्दै शोक ब्यक्त गरेका थिए