पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक मा ६ जना युवाहरु मिलेर आइतबारबाट सबथोक स्टोर्स सञ्चालनमा ल्याएका छन्।
उक्त कार्यक्रममा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले रिवन काटी औपचारिक रुपमा स्टोर्सको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै स्टोर्सका सञ्चालक विश्वकल्याण अधिकारीले नाम जस्तै खाद्यान्न तथा कस्मेटिक सम्बन्धि सम्पूर्ण सामान पाइनुका साथै होमडेलीभरीको समेत व्यवस्था गरिएको जानकारी गराएका थिए।
“खाद्यवस्तु, अर्गानिक तरकारी एवम् फलफूल डेरी प्रोडक्ट बेकरी आइटम तथा कस्मेटिक प्रोडक्ट सुपथ मुल्यमा विक्री गरिन्छ भने ग्राहकको आवश्यकता अनुसार घरमा नै पुगी सेवा पनि दिइन्छ,” उनले भने, हामीले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखी स्पेशल अर्गानिक चिजहरुलाई फोकस गरेका छौ। जसमा अर्गानिक तरकारी तथा फलफूल, घरको चामल, दुध र दुधबाट बनेका परिकारहरु हामी विक्री गर्दछौं।”
दैनिक जिवनमा प्रयोग हुने सामानहरु उपलब्ध गराउने र डोर टु डोर सर्भिस दिने र केही समयमा अन्य स्थानमा शाखाको रुपमा स्थापना गर्ने सोचमा भएको सञ्चालक अधिकारीले जानकारी गराएका थिए।
पहिलो चरणमा ३० लाख लगानी गरेर सञ्चालन गरेको स्टोर्सले छिट्टै नै पोखरा भ्याली भित्र र बाहिर पनि शाखा सञ्चालन गर्ने सोंचका साथ सुरु गरेको र हाल १३ जनाले रोजगार पाएको समेत उनले बताए।
“यो टिमले पोखरा एकेडेमी स्कुल सञ्चालन गरि सफलता पाइसकेको छ, अब दैनिक उपभोग्य सामाग्रीहरु सस्तो र गुणस्तरीय चिज उपभोक्तालाई विक्री गर्ने र अर्गानिक तरकारी, फलफूलहरु खरिद गर्नुका साथै विक्री गर्ने सोंचका हामी लागिपरेका छौं,” सञ्चालक अधिकारीले भने ।
ग्रामिण क्षेत्रमा उत्पादन भएका अर्गानिक तरकारीका, दुध, ध्यू, साथै चामलहरु विक्री वितरण गर्ने भएकोले पोखरेली उपभोक्ताहरुले माया गर्ने विस्वास लिएको सञ्चालकहरु बताउछन्।
एक पटक पोखरेली उपभोक्ताहरु सबथोक स्टोर्समा अवलोकन गरि सेवा गर्ने मौका दिनको लागि सञ्चालक शिव परियारले अनुरोध गरेका छन्।