पोखराः पोखराको महेन्द्रपुलमा अवस्थित बुद्ध विशाल वजार व्यापारिक एसोसिएशनको १२ औं अधिवेशनले पुनः केशववहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
एसोसिएसनको शनिवार पोखरामा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औ अधिवेशनले नयाँ समिति चयन गरेको हो।
जसको उपाध्यक्षमा इन्द्रराज अर्याल, महासचिवमा बुद्धिवहादुर कुँवर, सचिवमा राजु केसी र कोषाध्यक्षमा थमनसिंह गु?ङ चयन भएका छन्।
त्यसैगरी सदस्यमा शान्ति जोशी, इन्द्रमाया गु?ङ, पार्वती वस्ताकोटी, ज्ञानेन्द्रमान श्रेष्ठ, गोविन्दप्रसाद दाहाल, प्रवीण महाजन, लक्ष्मण आचार्य, गणेश पौडेल, सुशील श्रेष्ठ र मनोहरि पौडेल चयन भएका छन्।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कोभिडको बेला संघले पोखराका व्यापारीलाई खोप लगाएर ठूलो काम गरेको दावी गरे। उनले व्यवसायीका हकहितको लागि उद्योग वाणिज्य संघ सँधै साथमा रहेको वताए।
मानार्थ सदस्य सुदीप ढकालले व्यापारीह?ले राजनीति नगरी आफ्नो व्यवसायमा तल्लीन रहन आग्रह गरे। कुनै पनि राजनीतिक कलरमा व्यवसायी नदेखिएको उत्तम हुने धारणा ढकालले व्यक्त गरे।
नव निर्वाचित अध्यक्ष केशववहादुर खत्रीले व्यवसायीका समस्यामा संस्थाले सारथीको भूमिका निर्वाह गर्ने वताए। उनले संस्थालाइ आगामी दिनमा थप गतिशील वनाउँदै लैजाने धारणा व्यक्त गरे।
सो अवसरमा संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोरी सम्पदा ढकाल र छोरा स्व?प थापालाई नगद र सम्मान पत्रले सम्मान गरेको थियो।
यसैगरी संस्थाले एसोसिएसनका प्रेस संयोजक मनोहरि पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यसैगरी पुराना व्यवसायी सरफराज दिन मियाँ, बेदप्रसाद ढकाल, सुनील गोंगजू, केशववहादुर खत्री र शिव शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो।
एसोसिएसनका अध्यक्ष केशववहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार माधव सिग्देल, पूर्व अध्यक्ष प्रदीपकुमार मुल्मी, उपाध्यक्ष शिव शर्मा र महासचिव इन्द्रराज अर्यालले बोलेका थिए।