पोखरा ः गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ।
‘महान पर्वमा महान अवसर’को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न उपचारमा विशेष छुट कार्यक्रम ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बताएका छन्।
विगत दुई दशकदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आफ्नो छुट्टै पहिचान बनाएको कान्तिपुर डेण्टल हस्पिटलले असोज १ गते देखि कार्तिक ३० गते सम्मको लागि दुई महिने स्पेशल अफर घोषणा गरेको हो। जसमा दाँत सफा गर्ने उपचारमा १५ सयको सेवा लाई १ हजार छुट गरी ५ सयमा, मुखको ठूलो एक्सरे रु. ८ सय ५० मा, नमिलेका खप्टिएका र छिद्र दाँतलाई तार बाँधेर मिलाउने उपचारमा एकमुष्ट ५ हजार छुट दिने जनाएको छ।
यस्तै नाम दर्ता, चिकित्सक परामर्श, दाँत सफा गर्ने, मुखको एक्सरे गर्ने कम्बो प्याकेज सेवा २८५० मा १२ सय छुट गरेर १६ सय पचासमा सेवा दिने घोषणा गरेको छ। नयाँ तथा पुराना दुवै सेवाग्राहीले यो सेवाबाट लाभ लिन सकिने हस्पिटलले बताएको छ।
कान्तिपुर डेण्टल हस्पिटलले सेवाग्राहीको मागलाई सम्वोधन गर्दै
असोज महिनादेखि शनिबार पनि निरन्तर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले जानकारी गराएका छन्। शनिबारीय सेवामा अतिरिक्त सेवा शुल्क नलाग्ने पनि उनले प्रष्ट पारे।