पोखरा ः पोखरा महानगरपालिका वडा नं १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्ष विश्वबन्धु थापा, कोषाध्यक्ष शुक्रराज अधिकारी र लेखा सुपरिवेक्षण समितिका सदस्य गुरु प्रसाद ज्ञवालीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
उक्त अवसरमा उत्कृष्ट ऋणिका रुपमा भरत बराल र उत्कृष्ट बचतकर्ताका रुपमा पार्वती पोख्रेललाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्य बलराम तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गर्दै सदस्य हित कोषबाट परिवारलाई १० हजार प्रदान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशका रजिष्टार उदय बहादुर पराजुलीले सहकारीमा सबै सदस्यको सहभागिता र योगदान समान रहने उल्लेख गरेका थिए।
जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि दीपक प्रकाश आचार्यले नीतिले चल्ने संस्था मात्र दीगो हुने बताए । कुँडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव बहादुर बराल, सचिव सुरेन्द्रविनोद खनाल र शेयर सदस्य तोयनाथ लामिछानेले बोलेका थिए।