यामाहा एक्सचेन्ज मेला शुक्रबारबाट पोखरामा सुरु भएको छ। पहिलो दिनमा नै ४३ वटा सवारीहरु विक्री गरिएको भिएडब्लु इन्टरप्राइजेज प्रालिका वितरक प्रमुख सुरेन्द्र रेग्मीले जानकारी गराए।
असोज ६ गतेसम्म यामाहा मोटरसाइकल एक्सचेन्ज अफरमा जुनसुकै मोटरसाइकल, स्कुटरको उचित मूल्याङ्कन गरी हातखाली नजाने स्क्र्याच कुपन उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ।
जापानीज कम्पनीबाट निर्मित यामाहाका मोटरसाइकल तथा स्कुटरहरु एउटा ब्राण्ड बनिसकेकोले उपभोक्ताहरु माझ विक्रीको लागि कुनै समस्या नभएको वितरक प्रमुख रेग्मीले बताए।
उनले भने “१०० प्रतिशत जापानिज टेक्नोलोजी बनेका मोटरसाइकल र स्कुटरहरु इण्डिया भएर आएको आउने भएकोले पनि स्तरियमा कुनै प्रश्न नै छैन । ठूला–ठूला जहाजहरु बनाउने कम्पनीले निर्माण गर्छ र यसले ब्राण्ड बनाउन ठूलो मिहिनेत गरेको छ। अहिले हामीले ब्राण्ड बेच्ने हो।”
अरु बाइक स्कुटरको तुलनामा मर्मत र रनिङ आइटमको खर्चमा समेत सस्तो भएको हुँदा पनि आम मानिसको रोजाइमा यामाहाका सवारीहरु पर्ने गर्दछन्। उनले भने, “अहिले एक्सचेन्जमा ल्याउने सवारीको मोडल, मार्केट भ्यालु हरेर उचित मूल्य गरि लिइने भएकोलेपनि एक्सचेन्जमा आउने खरिदकताहरु खुसी भएर जानुभएको छ ।”
एक्सचेन्ज अफर मेलामा स्क्र्याच गर्दा न्यूनतम ८ हजार देखि १ लाख सम्मको कुपन रहेको छ भने हरेक हप्ता लक्की ड्रबाट ४ तोला सुन र बम्पर प्राइज १२ तोला सुन रहेको छ। यो अफर स्किम तिहार सम्म रहेने वितरक प्रमुख रेग्मीले जानकारी गराए। त्यसैगरी विना झण्झट फाइनान्स सुविधा जिरो प्रतिशतमा २ वर्षसम्मको लागि थप सुविधा राखिनुका साथै, स्क्रयाच गर्न नचाहने खरिदकर्ताहरुको लागि करिब १० हजार सम्मको आवश्यक सामाग्री समेत लिन सकिने बताए।
यामाहाका सवारीहरुमा एफ जेट भि ३ मोटरसाइकल र विएस ६ स्कुटर खरिदकर्ताहरुले बढि मनपराएको कम्पनीको दावी छ।