बर्दिया । बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
जिल्लाको ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षीय बालकृष्ण थारुले धान खेतीमा आउँने बँदेललाई मार्न विद्युतीय पासो थापेका थिए। सो घटना गयराति १० बजेतिरको हो।
उनलाई करेन्ट लागेपछि बचाउन आएका उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको पनि विद्युतीय पासोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







