काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहनेहरुका लागि असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने भएको छ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरू अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।

उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आबद्ध छन् र एकतिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन्।