नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसीसीका कारण काँग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूको ज्यान जोखिममा रहेको बताएका छन।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको बिकाश गर्नका निमित्त बिदेशी राष्ट्रलाई सहयोग मागेको नारायण विज्युक्छेले योहो टेलिभिजनमा पत्रकार जिबराम भण्डारीसँगको अन्तवार्तामा बताएका छन् ।

केही दिन अघि अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालका शिर्ष नेताहरुसँग बिसेश भेटघाट गरेर फर्किसकेकी छन् ।

उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसीसीको बिषयमा प्रधामन्त्री शेरबहदुर देउवा बाहेक अन्य शिर्ष नेताहरुले स्पष्ट प्रतिकृया नदिए पछि निरास भएकी थिइन भने फर्किनु अघि पत्रकार सम्मेलनमै एमसीसी पास नगरे बिदेशी सहयोग रोकिन सक्ने धम्की दिएकी थिइन।

देशको बिकासका लागि सिंहदरबारबाट बिदेशी सहयोग माग्नु र पशुपतिमा गएर भिख माग्नु एउटै भएको भएको बताएका छन् । सिंहदरबारमा बसेर सहयोग माग्न लाज लाग्दैन ? सिंहदरबारमा बस्ने ठुलठुला नेता, मन्त्री, कर्मचारीहरु सबैको लाज मरिसकेको बताएका छन् ।

बिदेशी सहयोगले मुलुक बिकास हुँदैन, के संसार बिदेशी सहयोगले बनेको हो र ? भन्दै प्रश्न गरेका छन् । बिदेशी सहयोग आउँदैमा देशको कायापलट नहुने बताएका छन् । अनुदानको नाममा देश बेच्न नहुने भन्दै एसीसीको नामममा नेपाल सरकारको नियम कानुन र संविधान लागु नहुने बताएका छन् ।

काँग्रेस र कम्युनिष्ट अरूभन्दा फरक राजनीतिक बिचार र सिद्धान्त लिएर हिडेको गठबन्धन स्वार्थ र गलत सिद्धान्तले एकजुट भएको बताएका छन् । क्रान्त्रि भन्दै ठुलठुला कुरा गर्दै हिड्नेहरु मन्त्री भएपनि देशमा कुनै परिवर्तन नल्याएको बताएका छन् ।

हरेक राजनीतिक पार्टीका केन्द्रीय समितिका मानिसहरु बिदेशबाट सन्चालित हुने बताएका छन् । भारतिय दुतावसले प्रधामन्त्रीलाई दिन्छ अनि नियुक्ती हुन्छ । नेपालको मुख्य दुस्मन भारत भएको बताउँदै नेपाललाई भरतले दबाइरहेको बताएका छन् ।