डोल्पा-उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गत पर्ने पोम्जोक डाँडामा नमस्ते सेवाको मोवाइल टावर निर्माण गरिएको छ ।

नेपाल टेलिकमको प्राविधिक समुहले आईतबार टावर निर्माणकार्य सम्पन्न गरेको हो ।
टावर निर्माण भएपछि नमस्तेको फोन सेवा सुचारु भएको छ ।

टावर बनेपछि शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं १ मा पर्ने निजाल,लुरी,कोमास लगायतका ग्रामिण बस्तीहरु सञ्चारको पहुँचमा जोडिएकाहुन् ।

उक्त टावरले डोल्पोबुद्ध गाउँपालिका अन्तर्गत वडा नं ६ मा पर्ने सिमेन,फालमा समेत सेवा दिन सुरु गरेको प्राविधिक टोलीले जनाएको छ ।

दुईवटै स्थानीय तहको लगानीमा टावर निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिनुभयो ।
टावर निर्माणकालागि आफ्नो गाउँपालिकालेमात्रै दश लाख रकम लगानी गरेको गुरुङ्गको बताउनुभयो ।

यो टावर बनेसँगै उपल्लो डोल्पाका ८० प्रतिशत ग्रामिण गाउँबस्तीहरु सञ्चारको पहुँचमा जोडिएको उनको भनाई छ ।
जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको उपल्लो डोल्पामा टावर बनेर सेवा सुरु भइसकेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ का अध्यक्ष जिग्मे बुढाले बताउनुभयो ।

यस अघि टेलिफोन सेवाको अभावमा कष्टकर जीवन बिताउँदै आएका नागरिकहरु अहिले घरमै बसेर देश तथा विदेशमा खबर आदान प्रदान गर्न पाउँदा खुशी भएको अध्यक्ष बुढाले उल्लेख गर्नुभयो ।

उपल्लो डोल्पासम्म सडक बिस्तार नभएकाले टावरका सम्पुर्ण सामानहरु हेलिकप्टर चार्टर गरेर उपल्लो डोल्पा पु¥याइएको स्थानीय तहले जनाएकाछन् ।

यसरी हेलिकप्टर चार्टर गरेर सामान लैजाँदा सामान भन्दा पनि ढुवानी भाढा महंगो पर्ने गरेका उपल्लो डोल्पाबासीको गुनासो छ ।।