काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन् ।

चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।