नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाहको नेपाल आउने तयारी पूरा भएको छ ।

शाह भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने, प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको दावी छ ।

भ्रमणकै क्रममा शाहले हाम्रा प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइन्छ ।

यसैवीच पशुपति क्षेत्रमा बिकास निर्माणसम्बन्धी काम के के गर्नुपर्ने हो, सङ्ग्रहालय बनाउनलाई बजेट कति चाहिने हो सो कोबारेमा बुझ्न हिजो पर्यटन सचिव यादव कोइराला नेतृत्वको एक टोली पशुपति पुगेको थियो ।