ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा८१प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो ।

काठमाडौँ कपनबाट हराएको भनी अभिषेक ढकालले हुलियासहितको निवेदन २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

जिल्ला रामेछाप मन्थली नगरपालिका–१२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सिसी मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।