साउन १, पोखरा ।

प्रजातान्त्रिक विचार समाज कास्कीले जननायक एवम् साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको सन्दर्भ पारेर युवावर्ग लक्षित वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजले आउँदो श्रावण ३ गतेका दिन “वर्तमान सन्दर्भमा बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद“‘ शीर्षकमा आधारित भएर कास्की जिल्लाका कक्षा ११ र १२ तथा क्याम्पस तहका विद्यार्थीहरू माझ उक्त प्रतियोगिता कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने सहभागीलाई प्रशंसा स्वरूप पुरस्कार रू सात हजार, पाँच हजार, तीन हजार र पन्ध्र सयका साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । संस्थाका पदाधिकारीलाई फोन सम्पर्क गरेर वा संस्थाको इमेल ठेगानामा नाम टिपाएर उक्त कार्यक्रममा सहभागिता जनाउन सकिने भएको छ ।

बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादी मान्यतालाई युवावर्गसमक्ष पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कार्यसमितिका सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पस पोखराको सभाहलमा दिउँसो १०ः३० बाट आरम्भ हुने भएको छ ।