वैशाख २७, पोखरा ।
नेवाः जागरण मञ्च कास्कीको १३ औं साधारण सभा तथा चौथो अधिवेशनबाट अधिवक्ता राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
पोखरा ८, पृथ्वीचोकमा आज भएको अधिवेशनमा मञ्चका सल्लाहकार एवम् प्राध्यापक उदय बहादुर अमात्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
अधिवेशनबाट आगमी ३ वर्षका लागि ११ सदस्यीय कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा सन्तोष श्रेष्ठ, उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा हरिशरण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा नन बहादुर श्रेष्ठ, मोहन श्रेष्ठ, मिना श्रेष्ठ, चिज कुमार जोशी, पार्बती श्रेष्ठ, डिल्लुराम श्रेष्ठ रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराइन् ।
श्रेष्ठका अनुसार संरक्षकमा राजेन्द्र साई, वरिष्ठ सल्लाहकारमा उदय बहादुर अमात्य, कानुनी सल्लाहकारमा अधिवक्ता सोम बहादुर श्रेष्ठ र सल्लाहकारहरूमा कृतिमान जलारी र विनोद कतिलालाई कार्यसमितिले मनोनयन गरेको बताइन् ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्रमान श्रेष्ठले नेवारहरुको आफ्नो मौलिकता, संस्कृति पहिचान भएको र आगामी दिनहरूमा मञ्चले नेवार समुदायको संस्कृति, भाषा र पहिचान संरक्षणका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर अमात्य, निवर्तमान अध्यक्ष अधिवक्ता कृष्णकुमार श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता सोम बहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ८० वर्ष माथिका ४ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई र एक÷एक थान टेक्ने लौरी सहित सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रम अधिवक्ता कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष कल्पना श्रेष्ठले स्वागत गरेकी थिइन् ।