चैत १६, पोखरा ।
कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं अधिवेशनबाट हरि प्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष शर्माले कार्कीनेटा सम्पर्क समाजलाई आर्थिक रुपमा मजवुद बनाउन विशेष एजेण्डा सहित काम गर्ने र आकस्मिक सहायता कोषलाई बृद्धिका साथै, नियमित कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई रहेको थियो ।
होटल दिपसागर, पोखरामा आज सम्पन्न सातौं साधारण सभा तथा पाँचौं अधिवेशनमा अध्यक्ष शर्माको नेतृत्वमा शिव प्रसाद शर्मा वरिष्ठ उपाध्यक्ष, धन प्रसाद पाध्या उपाध्यक्ष, शेषकान्त शर्मा (दिपु) सचिव, कमला श्रेष्ठ कोषाध्यक्ष र सहसचिवमा शालिकराम पौडेल, करीश्मा बराल र सहकोषाध्यक्षमा नारायण प्रसाद पौडेल चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा तुलसी शर्मा, प्रकाश शर्मा, राजु प्रसाद शर्मा, देवी पौडेल, मञ्जु के सी पौडेल, हरि प्रसाद पौडेल र विजय पौडेल रहेका छन् ।
निर्वाचन संयोजक इन्द्रप्रसाद शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिमा रामचन्द्र पौडेल र प्रदिप पौडेल सदस्य रहेका थिए ।
कार्यक्रममा बोल्दै संयोजक शर्माले कार्कीनेटाबाट पोखरा आई विभिन्न पेशा र व्यवसायमा आवद्ध भएकाहरुलाई एकवद्ध बनाउने मुल उद्देश्य सहित स्थापना भएको हुँदा सबैलाई समेटेर अगाडि बढ्न नयाँ कार्यसमितिलाई आग्रह गरेका थिए ।
त्यसैगरी निर्वाचन सदस्य रामचन्द्र शर्मा (आरसी)ले संस्थाको आर्थिक अवस्था कमजोर हुनु र सामाजिक कार्य गर्दा खर्च बढी हुनेभएकोले नयाँ विकल्प सहित काम गर्नुपर्ने आवश्यक रहेको उल्लेख गरेका थिए ।
उद्घाटन सत्रका प्रमुख अतिथि फलेवास नगरपालिका पर्वतका पूर्व मेयर पदमपाणी शर्माले फलेवासको विकासमा आफू पदमा रहँदा र अहिले नरहेपनि विकासका काममा निरन्तर लागि परेको बताए ।
त्यसैगरी उक्त कार्यक्रममा ६ जनालाई सम्मान गरिएको थियो । जसमा विद्यावारिधी (पिएचड गरेका डा.विष्णुप्रसाद शर्मा र डा.गणेश शर्मा, सामाजिक क्षेत्रमा योगदान पुर्याएका कार्कीनेटाका पूर्व वडा अध्यक्ष बाबुराम शर्मा, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका धनप्रसाद गुरुङ, जेष्ठ नागरिक तुलसा पाध्या र माधव शर्मा रहेका थिए । उनिहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । भने उत्कृष्ट कार्यसमिति सदस्यमा करिश्मा बराललाई र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । भने आजिवन सदस्य २६ जनालाई प्रमाणपत्र र धनप्रसाद गुरुङलाई मानार्थ सदस्य प्रदान गरिएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं. १ का चोलाकान्त पाध्या, वडा सदस्य विष्णुप्रसाद पाध्या, पूर्व वडा अध्यक्ष बाबुराम शर्मा, पूर्व रजिष्टार गोविन्द शर्मा, कार्कीनेटा सम्पर्क समाजका संस्थापक अध्यक्ष प्रेम प्रसाद शर्मा, पूर्व अध्यक्ष सीता शर्मा, पर्वत भँगारा पोखरा सम्पर्क समाजका अध्यक्ष देव क्षेत्री, थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष श्याम बहादुर थापा, ठुलीपोखरी पोखरा सम्पर्क समाजका कार्यवाहक अध्यक्ष श्री शिव लामिछाने, खौलालाकुरी पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्मा, कुर्घा पोखरा सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष दाताराम लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने सम्मानित व्यक्तित्वका तर्फबाट डा.विष्णुप्रसाद शर्माले धन्यवाद मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा सचिव धनप्रसाद पाध्याले सञ्चालन गरेको कार्यक्रम बरिष्ठ उपाध्यक्ष हरिप्रसाद शर्माले स्वागत र केशव घिमिरेको अध्यक्षतामा भएको थियो । भने साधारणसभामा सचिवको प्रतिवेदन धनप्रसाद पाध्या र कोषाध्यक्षको प्रतिवेदन पदम श्रेष्ठले प्रस्तुत गरेका थिए ।