जन्मदिनको उपलक्ष्यमा पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. ९ भँगाराका हरी क्षेत्रीले रेन्वो वाल गृहमा सहयोग गरेका छन् । हाल उनि पोखरा १७ विरौटा बस्दै आएका छन् ।
क्षेत्रीले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा पोखरा वडा नं ६ लेकसाईडमा रहेको रेन्बो चिल्ड्रेन होमका ३० जना अभिभावक बिहिन अनाथ अशंक्त बालबालिका हरुलाई दिवा भोजन खुवाउनुको साथै शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
विभिन्न समयमा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएका क्षेत्रीले कार्यक्रममा भने, “मेरो मंगलबार परेको जन्म उत्सवको अवसरमा अनाथ बाल बालिकाहरुलाई सानो सहयोग गर्न पाउदा अत्यन्तै खुसीको अनुभव भएको छ । बिभिन्न कारणले अभिभावक बिहिन भई सडक पेटीमा बसेका बेसहारा बालबालिका हरुको उद्धार गरी पुर्नजिवनको दिनुभई एक असल अभिभावकत्वको जिम्म्वारी निष्ठापुर्वक बहन गर्नु भएकोमा बाल गृहकी संचालिका गोमा बराललगायत सम्पुर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।”
अनावश्यक तामझामका संग फजुल खर्च गरेर होटल र रेष्टुरेन्टमा जन्मोत्सव मनाउने चलनलाई अन्त्य गरी यस्तै अनाथ अभिभावक बिहिन बालबालिका र बृद्ध र बृद्धा हरुलाई जति सकिन्छ त्यति नै सहयोग गर्न सकेमा जिवनको विशेष महत्व रहन्छ उनले भने ।
सामाजिक कार्य गर्न चाहेमा ठुलो रकम होईन सानो रकमले पनि सहयोग गर्न सकिन्छ मैले पनि अफुले दैनिक खर्च गर्ने रकमबाट केही रकम जम्मा गरि यो सहयोग गरेको हु । सहयोग गर्न अर्थिक सम्पन्ता चाहिदैन मनको सम्पन्नता र ईच्छा भयो भने गर्न सकिन्छ । अर्थिक सम्पन्ताले केवल भौतिक सुख सयल मात्र प्राप्त गर्न सकिन्छ भने अध्यात्मिक र अन्तर मनलाई खुशी बनाउन सामाजिक कार्यमा लाग्दा मिल्ने उनले बताए ।
आफ्नो महत्वपुर्ण दिन यसरी प्रत्यक्ष रुपमा अनाथ बालबालिका हरुको साथमा मनाउन पाउदा जिवनमै पहिलो पटक खुशिको महसुस गरेको जानकारी गराउँदै उनले वाल गृहमा रहेका सम्पुर्ण बालबालिकाहरुको स्वास्थ्य लाभ र दिर्घायुका साथै उज्वल भबिष्यको कामना व्यक्त गरेका थिए ।