नेवाः ल्याम्ह पुचः कास्की को चौथो अधिवेशनले विनित जोजिजुको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
आजको भएको अधिवेशनले प्रथम उपाध्यक्षमा शुरेश कुमार श्रेष्ठ, दितिय उपाध्यक्षमा राजिव खिचाजु ,महासचिव रोशन मान्नधर , उपमहासचिव सविन श्रेष्ठ चयन गरेको छ । यस्तै सस्थाको कोषाध्यक्ष जिवन मर्सानी सहकोषध्क्ष आस्मा श्रेष्ठलाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा प्रशान्त श्रेष्ठ , प्रदिप श्रेष्ठ , अविजित श्रेष्ठ , रोमनमान श्रेष्ठ, सलिना माकाजु , रोहित श्रेष्ठ , मोनिका श्रेष्ठ , नरेश श्रेष्ठ , शशांक प्रधान , सुइन वजिमय , प्रेम श्रेष्ठ रहेका छन् ।
साधारण सभामा वोल्दै नवा खलःकास्कीका अध्यक्ष अशोक पालिखेले जिल्ला भित्र २८ ठाउमा नेवारी समुदायको यस्ता खालका सस्थाहरु स्थापना भएको बताए । कास्कीका अन्यठाउँमा पनि स्थापना गर्न आवश्यक रहेको उनको भनाई थियो । यस्ता खालका सस्थाहरुले गर्ने हरेक गतिविधीले नेवारी समुदाएको भाषा संस्कृती जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यतm गरे ।
अधिवेशनमा नेवाः पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले नेवारी समुदायको कला संस्कृतीको प्रचार प्रसार गर्न पुचः ले विभीन्न योजनाहरु समेत निमार्ण गरेको बताइन् ।
कार्यक्रममा नेवा खलः कास्कीका सदस्य तथा भाषा प्रशिक्षक विक्रम उदासले नेवारी भाषा लोप हुदै गएकोले सवैले नेवारी भाषा सिक्न अभियान संचालन गरेको वताए । भाषा सिक्न विभीन्न जिल्लाका मानीसहरु कार्यक्रममा जोडीएको बताए । कार्यक्रममा भाष संरक्षण र प्रशिक्षणमा योगदान दिएको भन्दै सम्मान समेत गरिएको थियो ।
यस्तै नेवा ल्याम्ह पुचः का पुर्व अध्यक्ष राम रजकलाई समुदायको संगठन विस्तारमा योग्दान पुराएको भन्दै सम्मान गरीएको थियो । निशान्त ताम्राकार र अनुप ताम्राकारलाई नेवारी समुदायको खिन वाजा प्रशिक्षण गरेको भन्दै ल्याम्हः पुचः ले सम्मान गरेको थियो ।
निर्वतमान अध्यक्ष मधुसुधन जोशीले कोभीडका कारण नेवाः ल्याम्ह पुचः कास्कीले सोचे जस्तो कार्य गर्न नसकेको बताए । संस्थाको कार्यक्रमहरुलाई भने निरन्तरता दिन सफल भएको उनको भनाई थियो । कार्यक्रममा नेवाः मिस पुचः कास्कीका अध्यक्ष संगीता वज्रचार्य ,नेवा खल कास्कीका महासचिव सुविन्द्र श्रेष्ठलगाएतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव शुरेस कुमार श्रेष्ठले गरेका थिए ।