नेपालको राजनीतिमा अहिले देखिएको परिस्थितिका बारे बुद्धीजिवी आमनागरिक अन्योलमा रहेको देखिन्छ ।

देशको सबैभन्दा ठुलो पार्टी नेकपाले चलाएको सकार एकातिर छ भने त्यही सरकारमा बसेकालाई निस्कासन गरेको भनी प्रचन्ड-माधव नेपाल समूह अर्कातिर सडक प्रदर्शनमा निस्किएका छन ।

शुक्रबार माइतिघर मण्डलाको सडकमा तीन पूर्वप्रधानमन्त्रीहरु पंलेटी कसेर बसेपछि उनीहरुको आन्दोलनमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । आम मानिसहरुले “आजसम्म कसका लागि यिनीहरु माइतीघरमा भेला भएका थिए ?” भनेर प्रश्न गर्न थालेका छन् ।

नेपालकी चर्चित नायिका करिश्मा मानन्धरले पनि अहिलेको राजनीतिक परिस्थीका बारे आफ्नो विचार फेसबुक मार्फत पोखेकी छिन । उनले भनेकी छिन् ”उच्च स्थानमा आसिन व्यक्तित्वले आफुसँग भएको शक्तिको प्रयोग निजि क्षुद्र स्वार्थको लागि गर्दा यो भुल्नु हुदैन कि तपाईं आफै आफ्नो संमान नालिमा बगाउँदै हुनुहुन्छ ।”

नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।

सामाजिक सञ्जालमा दैनिक तस्विरहरु राख्ने करिश्माले बेलाबेलामा राजनैतिक विषयमा पनि आफ्नो विचार व्यक्त गर्ने गरेकी छिन् । यसअगाडी राष्ट्रपतिले संसद् विघटन गरेको दिन पनि करिश्माले सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गरेकी थिइन् ।