चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रको विवादले स्थानीय तह असर पुग्न थालेको छ ।

पार्टी कार्यालय कसको भन्ने होडबाजीसहित ओली समूह र प्रचण्ड-नेपाल समूहले कार्यालय आफ्नो दाबी गर्न थालेका छन् ।

यसैबीच नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन् ।

अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यका अनुसार साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको हो ।