काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्ने भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको विरोधमा प्रदर्शन गर्न लागेको जनाएका छन्।

संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छ’,विज्ञप्तिमा भनिएको छ,’संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’